site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेटियो

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेटिएको छ ।

महानगरपालिकाको टोलीले गरेको अनुगमन र परीक्षणका क्रममा ११ ब्रान्डका पानी पिउन अयोग्य पाइएपछि बिक्री–वितरणमा रोक लगाइएको छ । बिक्रीमा रोक लगाइएका हरेकलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।

महानगरले गएको भदौ १२ देखि २८ गतेसम्मको अनुगमनका क्रममा २१ पानीको नमुना लिएको थियो । ती नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षण गर्दा कोलिफर्म रहेको पुष्टि भएको थियो ।

प्रति १०० मिलिलिटर नमुना परीक्षणमा कोलोनी फर्मिङ युनिट (सीएफयू) मापदण्डविपरीत देखिएको हो । कोलोनी फर्मिङ युनिट (सीएफयू) सूक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो ।

खाद्यपदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिशामा पाइन्छ । दिशामा पाइने सूक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ ।

बिक्री–वितरणमा रोक लगाइएकामा ब्याच नम्बर–१३ को फ्रेस ड्रप, ब्याच नम्बर–१२ को अक्वा पिस, ब्याच नम्बर–६ को कोलभोतेश्वर, अक्वा डिवी, अक्वा माइल्ड, अक्वा कपन, अक्वा गौरशंकर छन् ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro