site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
३५ वर्षपछि घर फर्केका प्रकाश तामाङलाई पूर्वमुख्यमन्त्रीद्वारा जग्गा प्रदान 

भोजपुर । हराएको ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङ आफ्नै पुख्यौली थलो भोजपुरमा कृषि पेसामा संलग्न हुने भएका छन् । 

२५ दिनअघि नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोसी प्रदेशका पू्र्वमुख्यमन्त्री शेरधन राईले तामाङसँगको भेटघाट गर्ने क्रममा आफू भोजपुरमा रहेका बुवाआमासँगै बस्ने बताएका थिए । भोजपुरको षडानन्द नगरपालिका–१०, थाप्लेगाउँमा तामाङका परिवार छ । उनको बुवाआमा अर्काकै जमिन जोतभाग गर्दै आएका छन् । 

Dabur Nepal
NIC Asia

पूर्वमुख्यमन्त्री राई र उनको धर्मपत्नी जाम्मु इन शेर्पाले भेट गर्ने क्रममा आफूलाई जमिनको आवश्यकता रहेको बताएका थिए । त्यतिबेला पूर्वमुख्यमन्त्री दम्पत्तिले तामाङलाई एक लाख रुपैयाँ सहयोग गर्दै उनको आवश्यकता अनुरुपको सहयोग गर्ने आश्वासन दिएका थिए । 

राईले गरेको प्रतिबद्धताअनुसार शुक्रबार तामाङले पाँच रोपनी तीन आना जमिन पाएका छन् । राई पत्नी शेर्पाको पहलमा तामाङलाई मालपोत कार्यालय भोजपुरमा सो जमिन लिखित पास गरिएको छ । राई पत्नी शेर्पाको नाममा रहेको सो जमिन पास गरेपछि तामाङको घरमा भेला भएर लालपूर्जा लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । 

तामाङलाई लालपूर्जासहित एक थान हाते ट्याक्टर र एक हल गोरु हस्तान्तरण गरिएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro