site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फोनपे र कर्मचारी सञ्चयकोषको साझेदारी, कोष सदस्यहरूका लागि डिजिटल भुक्तानी सुविधा

काठमाडौं । फोनपे र कर्मचारी सञ्चय कोष (ईपीएफ)बीच एपीआईमा आधारित होस्ट–टु–होस्ट (एचटूएच) भुक्तानी सुविधा प्रदान गर्न सम्झौता भएको छ ।

यो इन्टेग्रेसनले कर्मचारी सञ्चय कोषको एप (ईआरपी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ ।

यसले व्यवसायदेखि ग्राहक (बीटूसी), व्यवसायदेखि व्यवसाय (बीटूबी) र  व्यवसायदेखि सरकार (बीटूजी)सम्मको भुक्तानी सरल र सजिलो बनाएको कम्पनीले जनाएको छ ।

अब सञ्चय कोषले सापटीबाट प्राप्त रकम फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत प्राप्त गर्नसक्ने भएको छ । अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यले मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ र ओम्नि च्यानल वेबसाइटहरूमार्फत सजिलै आफ्नो भुक्तानी गर्नसक्ने कम्पनीले जनाएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले कर्मचारी सञ्चय कोषसँगको साझेदारी प्रयोगकर्ताको लागि वित्तीय पहुँच र दक्षता बढाउने फोनपेको लक्ष्य अनुरुप भएको बताएका छन् ।

कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले फोनपेसँगको सहकार्य वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम भएको बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro