site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सूचना पाएको पाँच मिनेटभित्र प्रहरी घटनास्थल पुग्ने 

काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो । 

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले शुक्रबार पत्रकार सम्मेलन गर्दै सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।

प्रहरीले चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास तथा अवैध मदिरा बिक्री तथा वितरण महँगो भाडा असुलीजस्ता अपराध हुनसक्ने जनाएको छ । त्यसरी हुने अपराधको घटना नियन्त्रण गर्न प्रहरीले सूचना पाएको ५ देखि १० मिनेटभित्र रेस्पोन्स गर्ने जनाएको छ ।

त्यसका लागि काठमाडौं र सम्भावित ठाउँलाई मध्यनजर गरेर ३ हजार ७६५ प्रहरी परिचालन गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro