site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले भने– सहमति नभए चुनावमा जानू, गुटबन्दी चाहिँ नगर्नू

काठमाडौं । नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा गुटबन्दी नगर्न आग्रह गरेका छन् । सम्मेलनको उद्‌घाटन गर्दै प्रचण्डले सहमति नभए चुनावमा जान आग्रह गरे ।

“सक्नुहुन्छ, सहमति बनाउनुस् । सक्नुहुन्न, निर्वाचनबाट जानुस्,” उनले भने ।

आफूले अध्यक्ष यसलाई नै बनाउनुपर्छ भनेर व्यक्ति नतोकेको उनको भनाइ छ । “यसलाई जिताउनुपर्छ भनेर कसैलाई भनेको छैन । नेतृत्वको दाबी गर्ने सम्भव भएसम्म सबैलाई भेटेको छु । उहाँहरूको बुझाइ, भोलिको कुरा के हो भनेर सुनेको छु,” उनले भने ।

प्रचण्डले पार्टी कार्यालयमा विद्यार्थीले सहजीकरण गरिदिए हुन्थ्यो भनेमात्रै भूमिका खेल्ने कुरा भएको सुनाए । कसैले गुटबन्दी नगर्ने सहमति गरेको पनि उनले बताए । उनले अहिलेको सम्मेलन गुटबन्दीबाट पर जाने अवसर भएको समेत बताए । 

“गुट, स्वार्थ समूह बनाउने कुराले पार्टी आन्दोलन विद्यार्थी केहीलाई पनि भलो गर्दैन । हामीले धेरै दु:ख पाइसकेका छौँ । गुटबन्दीबाट पर जाने यो अवसर पनि हो,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro