अर्थ व्यवसाय
काठमाडौं । विश्वका १८६ देशमा सञ्जाल रहेको द आर्ट अफ लिभिङको नेपाल इकाइले चारदिने ‘ह्याप्पिनेस प्रोग्राम’ कार्यक्रम सम्पन्न गरेको छ । योग, ध्यान र साधनाका माध्यमबाट जीवन जिउने कला सिकाउने संस्थाले काठमाडौंको तारकेश्वर नगरपालिकाको गोलढुंगामा उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रम घरेलु महिला कामदार, एकल महिलाको समूहलक्षित थियो । कार्यक्रममा २२ महिला सहभागी रहेका आयोजक संस्थाले जनाएको छ ।
उक्त कार्यक्रमका मुख्य प्रशिक्षक निभा माथेमा प्रधान र प्रशिक्षकहरू अच्युतराज गौतम र शैलेन्द्र हमाल थिए ।
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१ १५:५६
प्रतिक्रिया दिनुहोस्