site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्रीले भनिन्– क्लाइमेट चेन्ज फन्ड स्थापना र ऋण मिनाहाका कार्यक्रम ल्याउनोस् 

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले जी–२० राष्ट्रलाई ‘क्लाइमेट चेन्ज फन्ड’ स्थापना गर्न आग्रह गरेकी छन् । उनले अतिकम विकसित मुलुकहरू (एलडीसी)को ऋण मिनाहाका निम्ति कार्यक्रम ल्याउन पनि भनेकी छन् ।

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा विश्वका शक्तिशाली मानिएका २० मुलुकको समूह जी‐२० मा आबद्ध देशका विदेशमन्त्रीस्तरीय बैठकमा उनले एलडीसी मुलुकहरूलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।

अतिकम विकसित मुलुकहरूको संगठन (एलडीसी)को अध्यक्षका हैसियतले परराष्ट्रमन्त्री राणाले बुधबार न्युयोर्कमा आयोजित उक्त बैठकमा सम्बोधन गरेकी हुन् । नेपाल हाल एलडीसीको अध्यक्ष राष्ट्र हो ।

हाल एलडीसी राष्ट्रहरूमा जलवायु परिवर्तनको असरका कारण उत्पन्न समस्यालाई कम गर्न जी‐२० कै नेतृत्वमा क्लाइमेट चेन्ज फन्ड स्थापना गर्नुपर्ने उनले धारणा राखिन् । उनले एलडीसी देशहरूका उत्पादनलाई कोटा निर्धारण गरी भन्सार छुटको व्यवस्थामा जोड दिइन् ।

एलडीसीले विगत दुई दशकयताकै सबैभन्दा बढी गरिबी झेलिरहेको भन्दै उनले जी–२० समूहमा आबद्ध राष्ट्रहरूले सोच्नुपर्ने बताइन् । एलडीसीका निम्ति सहयोगको मात्रा बढाउन उनले जी–२० मा आबद्ध देशहरूलाई आग्रह गरिन् ।

पछिल्लो समय विश्वका अतिकम विकसित देशहरू बढी समस्यामा परिरहेका उनले दृष्टान्त पेस गरिन् । मन्त्री राणाले भनिन्, “कोभिड १९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनाव आदिका कारण यी देश पीडित भएका छन् । जसका कारण पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरू चरम गरिबीतर्फ धकेलिएका छन् ।”

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro