site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जिरुडप्रेरित लस एन्जलसले जित्यो यूएस ओपन कपको उपाधि 

काठमाडौं । आर्सनल तथा चेल्सीका पूर्वस्ट्राइकर ओलिभर जिरुडप्रेरित लस एन्जलसले स्पोर्टिङ कान्सास सिटीविरुद्ध ३–१ को जितसहित यूएस ओपन कपको उपाधि जितेको छ । 

जिरुड गत सिजनको अन्त्यसँगै एसी मिलान छाडेर मेजर सकर लिगको क्लबमा अनुबन्धित भएका थिए । खेलको ५३औँ मिनेटमा जिरुडकै गोलमा लस एन्जलसले अग्रता बनाएको थियो । तर, त्यसको सात मिनेटपछि नै स्पोर्टिङ कान्सासका एरिक टमीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

अतिरिक्त समयमा ओमान क्याम्पस र केइ कमाराले गोल गरेपछि लस एन्जलसले ३–१ को जितसहित ओपनको उपाधि पक्का गरेको हो । “म यहाँ उपाधि जित्न र त्यसखाले फाइनल खेल्न आएको हुँ । पछिल्लो केही हप्ता हाम्रो यात्रा निकै कठिन रह्यो । तर, पनि हामी एकसाथ रहिरह्यौँ । हामी यो ट्रफी समर्थकका लागि पनि जित्न चाहन्थौँ,” जितपछि जिरुडले भने । 

फ्रान्सको राष्ट्रिय टिमबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका जिरुडले जुलाईमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उनले फ्रान्सबाट ५७ गोल गरेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro