अर्थ व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको यसै अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा थियो ।
साउन महिनामा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख हुँदा प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख भएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आप्रवाह (इक्विटी मात्र) दुई अर्ब ६५ करोड थियो ।
राष्ट्र बैंकका अनुसार साउनमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१ १४:०५
प्रतिक्रिया दिनुहोस्