site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घट्यो विदेशी लगानी प्रतिबद्धता, भदौमा करिब चार अर्ब मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिनामा अघिल्लो वर्षको तुलनामा विदेशी लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा १२ अर्ब ९८ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा करिब १४ अर्ब ६२ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको थियो । त्यसको तुलनामा यस वर्षको दुई महिनामा एफडीआई प्रतिबद्धता करिब ११.२१ प्रतिशतले घटेको हो ।

यस प्रतिबद्धतामध्ये ५२ उद्योगका लागि ८६ करोड २५ लाख ६० हजार २०० रुपैयाँ बराबरको लगानी विभागको अटोमेटिक रुटबाट स्वीकृत भएको छ । बाँकी ९७ उद्योगका लागि १२ अर्ब १२ करोड रुपैयाँ विभागले स्वीकृत गरेको छ ।

विभागका अनुसार सुरुआतदेखि भदौ मसान्तसम्म विभिन्न देशबाट पाँच खर्ब ३३ अर्ब रुपैयाँ एफडीआई स्वीकृत भएको छ । यस अवधिमा विभिन्न क्षेत्रका ६ हजार पाँच सय ५५ उद्योग तथा परियोजनामा विदेशी लगानीको स्वीकृत गरिएको हो ।

साउनमा महिनामा करिब ९ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएकोमा भदौमा घटेर करिब तीन अर्ब ८३ करोडमा झरेको हो । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro