site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तत्काल बक्यौता भुक्तानी गर्न सरकारसँग निर्माण व्यवसायीको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार सिंहदरबारमा कार्यवहाक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै बक्यौता रकम छिटो भुक्तानी गर्न ध्यानाकर्षण गराएको हो ।

राज्यबाट निर्माण व्यवसायीलाई यस आर्थिक वर्षमा भएको आशिंक भुक्तानी समेत विनियोजित बजेटबाट मात्रै भएकाले अब हुने निर्माण कार्यको भुक्तानीमा पनि समस्या हुन सक्नेतर्फ महासंघले सचेत गराएको छ । 

ज्ञापनपत्र बुझ्दै कार्यवहाक प्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले धेरै अप्ठ्यारा चुनौतीहरूको सामना गर्नुपरेको भन्दै सरकारले समाधान गर्ने प्रतिवद्धता जनाए । निर्माण व्यवसायीलाई सहज वातावरण बनाउन आवश्यक परे ऐन तथा नियम नै परिमार्जन गर्ने उनको भनाइ छ ।

महासंघका अध्यक्ष रवि सिंहले विभिन्न आयोजनाका निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४५ अबै रुपैयाँ पुगेको जानकारी दिए । समयमा नै भुक्तानी नहुँदा व्यवसायीहरूले बैंकको ऋण, किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करको रकम समेत बुझाउन नसकेको उनले गुनासो गरे । 

उनले जतिसुकै भुक्तानी बाँकी भए पनि असार मसान्तमा पाउनु पर्नेमा यसपटक भुक्तानी नै नआएको बताए । 

महासंघले सरकारले योजनाको प्राथमिकरण गनुपर्ने र कम प्राथमिकतामा परेका योजनाहरू खारेज गर्न सुझाव समेत दिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro