site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चार दिन अति भारीसम्म वर्षाको सम्भावना, धान नकाट्न आग्रह 

काठमाडौं । मनसुन सक्रिय भएकाले अबको चार दिन देशभर अति भारीसम्म वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसम विभागले अनुरोध गरेको छ । मौसम विभागका अनुसार बाली भित्र्याउने समय भए पनि तत्कालै खेतबारीमा प्रवेश गर्ने अवस्था नरहेकाले सचेतता अपनाउन अनुरोध गरिएको छ ।

मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग कुरा गर्दै अब कम्तिमा पनि चार दिन देशैभर वर्षा हुने भएकाले सचेत रहन अनुरोध गरे । मौसमविद्हरुले बंगालको खाडीबाट वर्षा गराउने वायू नेपालतर्फ प्रवेश गरेकाले मनसुन सक्रिय भएको बताएका छन् ।

यसले देशभर वर्षाको सम्भावना रहेको छ ।

“बिहीबार बेलुकादेखि शनिबारसम्म देशभर राम्रै वर्षा हुने सम्भावना छ,” लामिछानेले भने, “देशव्यापीरुपमा थोरै, भारी वर्षादेखि अति भारीसम्म पनि वर्षाको सम्भावना छ । बिहीबार रातिदेखि, शुक्रबार र शनिबारसम्मै यो सम्भावना बढी छ । आइतबारदेखि मात्रै विस्तारै सुधार हुन सक्ने सम्भावना छ ।”

बाढी पहिरोको जोखिम उत्तिकै रहेको र कृषि क्षेत्रलाई धेरै असर गर्ने देखिएको उनले बताए ।

“बदली र वर्षाको सम्भावना धेरै देखिन्छ । पश्चिमतिरबाट सुधार हुने देखिन्छ,” उनले भने, “धान भित्र्याउने बेला भएको छ । अहिले खेतमा प्रवेश गर्ने समय होइन ।”

विगतका वर्षहरुको तुलना गर्दा अक्टोबरको दोस्रो सातासम्म  बाहिरिन्छ कि भन्ने अनुमान गरिए पनि त्यो सम्भावना नदेखिएको मौसमविदहरुको टिप्पणी छ । यसैबीच पच्चिम क्षेत्रका कतिपय स्थानमा वर्षा सुरु भइसकेको हुँदा स्थानीय तहले खेतमा प्रवेश नगर्न र धान भित्र्याउने कार्यमा नलाग्न अनुरोध गर्दै आएका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro