site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भियारियालको पोस्टमा बार्सिलोनाको पाँच गोल

काठमाडौं । स्पेनिस ला लिगामा शतप्रतिशत जित यात्रा कायम राख्ने क्रममा क्याटालन जायन्ट बार्सिलोनाले भियारियाललाई ५–१ ले पराजित गरेको छ ।

आइतार राति भियारियालको मैदान स्टाडियो डेल सेरामिकामा पाहुना टिमलाई जित दिलाउन रोबर्ट लेवान्डोवस्की र राफिन्हाले समान दुई गोल गरे । अर्को एक गोल पाब्लो टोरेले गरे । घरेलु टिमका अयुज पेरेजले गोल फर्काएका थिए ।

खेलको २०औँ मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । ३५औँ मिनेटमा लेवान्डोवस्कीले नै पाहुना टिमको अग्रता दोब्बर बनाए । ३८औँ मिनेटमा पेरेजले गोल फर्काएपछि पहिलो हाफमा बार्सिलोनाले २–१ को अग्रता बनाएको हो ।

५८औँ मिनेटमा टोरेले बार्सिलोनाका निम्ति तेस्रो गोल गरे । ६७औँ मिनेटमा बार्सिलोनाले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । पेनाल्टी प्रहारका निम्ति आएका लेवान्डोवस्की चुक्दा उनले ह्याट्रिकको अवसर खेर फालेका हुन् ।

७४औँ मिनेटमा राफिन्हाले बार्सिलोनाका निम्ति चौथो गोल गरे । ८३औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ५–१ को सहज जित पक्का गरेको हो ।

जितसँगै ६ खेलबाट १८ अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट ११ अंकको भियारियाल पाँचौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro