साहित्य
गलाई घामको लाली लालीमा हेरेँ
फूललाई मनको डाली डालीमा हेरेँ
तप्प तप्प चुहिँदै पसिनाले सोध्यो
उसलाई खेतको आली आलीमा हेरेँ
चिन्छौँ मलाई ? खुसी आई सोध्यो
भर्खरै भित्र्याएको बाली बालीमा हेरेँ
युग बोक्ने उत्सव कस्तो हुँदो रै’छ ?
गड्गडाई रहेको ताली तालीमा हेरेँ
ढुंगा कसरी आखिर देउता बन्दो रै’छ ?
आस्थाका पूजा थाली थालीमा हेरेँ ।
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१ ०७:११
प्रतिक्रिया दिनुहोस्