site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घट्यो इन्टरनेट कम्पनीको बजार, मोबाइल डाटाको प्रयोग करिब ३० प्रतिशतले बढ्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको डाटाको तुलनामा मोबाइल डाटाको प्रयोग बढ्दै गएको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको दूरसञ्चार क्षेत्रका सूचकसम्बन्धी पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

गत चैतको तथ्यांकअनुसार डाटा सेवा लिने बजारमा मोबाइल ब्रोडब्यान्ड (मोबाइल डाटा)को हिस्सा ६६.२८ प्रतिशत थियो । खासगरी इन्टरनेट सेवा प्रदायक कम्पनीले उपलब्ध गराउने वार्यड (तारमार्फत)को इन्टरनेट सेवाको बजार हिस्सा ३३.६२ प्रतिशत थियो । वायरलेस इन्टरनेट सेवा लिनेको बजार हिस्सा ०.१० प्रतिशत मात्रै थियो ।

यस वर्ष (२०८१)को असारसम्म आइपुग्दा मोबाइल ब्रोडब्यान्डको हिस्सा ९१.७२ प्रतिशत पुगेको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको हिस्सा खुम्चिएर ८.२६ प्रतिशतमा झरेको छ । यस्तै, वायरलेस इन्टरनेको बजार पनि ०.०२ प्रतिशतमा झरेको छ ।

अंकमा मोबाइल ब्रोडब्यान्ड सेवा लिनेको संख्या तीन करोड १२ लाख ११ हजार ७४ छ भने, वार्यड इन्टरनेट सेवा लिनेको संख्या २८ लाख १० हजार ७७१ र वायरलेस इन्टरनेट सेवा लिनेको संख्या ६ हजार ७३८ छ ।

यसरी फिक्स्ड वार्यडको हिस्सा ४२.१२, फिक्स्ड वायरलेसको ०.१० र मोबाइल ब्रोडब्यान्डको १०७.०२ प्रतिशत गरी जनसंख्याको तुलनामा इन्टरनेटको पहुँच १४९.२३ प्रतिशत पुगेको छ ।

कसका ग्राहक कति ?
मोबाइल ब्रोडब्यान्डतर्फ नेपाल टेलिकमका ग्राहकको संख्या दुई करोड २४ लाख २४ हजार २९ छ भने एनसेलका ग्राहकको संख्या ८७ लाख ८७ हजार ४५ छ । यो तथ्यांक मोबाइल डाटामार्फत इन्टरनेट चलाउनेमा नेपाल टेलिकमको हिस्सा ७१.८५ र एनसेलको २८.१५ प्रतिशत हो ।

वर्ल्डलिंक र टेलिकमका ग्राहक बढे
प्राधिकरणको तथ्यांकअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीका ग्राहकहरू घटेका छन् । गत चैतमा इन्टरनेट कम्पनीका कुल ग्राहक संख्या ३२ लाख ६७ हजार ७७७ थियो । असार महिनाको तथ्यांकअनुसार यो संख्या करिब तीन हजारले घटेर २८ लाख १७ हजार ५०९ पुगेको छ ।

समग्रमा इन्टरनेट कम्पनीका ग्राहक घटे पनि वर्ल्डलिंक र नेपाल टेलिकमका इन्टरनेट प्रयोगकर्ता भने बढेका छन् । गत चैतमा वर्ल्डलिंकका प्रयोगकर्ता आठ लाख ९९ हजार ४७९ रहेकोमा असारमा बढेर ९१ लाख ८७ हजार ७३३ पुगेका छन् । यस्तै, नेपाल टेलिकमका इन्टरनेट ग्राहक तीन लाख दुई हजार ८६ बाट बढेर तीन लाख १३ हजार ५४५ पुगेका छन् ।

सबैभन्दा धेरै बजार हुने पहिलो नम्बरमा वर्ल्डलिंकको हिस्सा ३२.६१ प्रतिशत पुगेको छ । डिश मिडिया नेटवर्कको ११.३५ र नेपाल टेलिकमको हिस्सा ११.१३ प्रतिशत पुगेको छ । यस्तै, सुबिसु केबलनेटको बजार हिस्सा ८.८८ प्रतिशत, भायनेटको ७.३७ प्रतिशत र क्लासिक टेकको ५.७९ प्रतिशत बजार हिस्सा छ ।

तेस्रो स्थानबाट भायनेट पाँचौँमा झरेको हो भने, सुबिसु छैटौँबाट चौथो स्थानमा उक्लेको छ । क्लासिक टेक चौथोबाट छैटौँमा झरेको छ भने पाँचौँ स्थानबाट टेलिकम तेस्रोमा उक्लेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro