site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से निरन्तर घटेपछि अर्थमन्त्रीले भने– ब्याजदर र कारोबार घटिरहेको छ, यो नहुनुपर्ने

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजार निरन्तर घटेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मै पुगेर तनाव व्यक्त गरेका छन् । मन्त्री पौडेलले बुधबार नेप्से कार्यालयमै पुगेर पुँजीबजारमा पछिल्लो समय उतारचढाव आएको भन्दै आफैँलाई प्रश्न सोध्ने गरेको बताए ।

“पुँजीबजारको दीगो र भरपर्दो विकासको पक्षमा सरकार छ । अहिले पुँजीबजारमा किन उतारचढाव आयो भन्ने प्रश्न मेरो मनमा उब्जिरह्यो । त्यसैले म यहाँ आएँ,” उनले भने, “किन ३० अर्बको कारोबार चार/पाँच अर्बमा झरेको छ ?, नेप्से इन्डेक्स ३०४० को विन्दुबाट २५०० को विन्दुमा किन झर्‍यो ? यसको उत्तर म आफैँसँग र मेरा राजस्व सचिव तथा नेप्सेका जिम्मेवार पदाधिकारीसँग खोजिरहन्छु ।”

उनले थप भने, “ब्याजदर घटिरहेको छ । कारोबार पनि घटिरहेको छ । यो त नहुनुपर्ने हो ।” आफूले र मन्त्रालयले पुँजीबजारलाई संवेदनशील तरिकाले हेरेको पनि बताए ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro