site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स लिगः केनप्रेरित बायर्नको फराकिलो जित 

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखले डायनामो जग्रेबविरुद्ध ९–२ को फराकिलो जित निकालेको छ । 

मंगलबार राति बायर्नको मैदान एलियन्ज रंगशालामा भएको खेलमा बार्यनलाई जित दिलाउन ह्यारी केनले चार गोल गरे । यस्तै, माइकल ओलिसेले दुई गोल थप्दा रफाइल गुइरेरो, लोरे साने र लियोन गोरेज्काले समान एक गोल थपे । 

डाइनामोका ब्रुनो पेट्कोभिच र टाकुया ओगिवाराले समान एक गोल फर्काए । 

खेलको १९औँ मिनेटमा केनले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । ३३औँ मिनेटमा गुइरेरोले गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर बनाए । ३८औँ मिनेटमा ओलिसेले गोल गरेपछि बायर्नले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । ४८औँ मिनेटमा पाहुना टिमका पेट्कोभिचले एक गोल फर्काए । त्यसको दुई मिनेटपछि ओगिवाराले दोस्रो गोल फर्काउँदै खेल ३–२ मा ल्याएका थिए । तर, यसपछि बायर्नले ६ गोल थप्दै सहज जित निकालेको हो ।

५७औँ मिनेटमा केनले गोल गर्दै बायर्नलाई ४–२ को अग्रतामा राखे । ६१औँ मिनेटमा ओलिसेको गोलमा बायर्नले अग्रतालाई ५–२ मा पुर्यायो । ७३औँ मिनेटमा केनले ह्याट्रिक पूरा गरे । ७८औँ मिनेटमा केनले चौथो गोल गर्दा बायर्नले अग्रतालाई ७–२ मा पुर्याएको थियो । 

८५औँ मिनेटमा सानेले बार्यनका निम्ति आठौँ गोल गरे । यस्तै, इन्जुरी समयमा गोरेज्काले गोल गरेपछि बार्यनले ९–२ को सहज जित निकालेको हो । 

जितसँगै तीन अंक जोडेको बार्यन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै फराकिलो हार व्यहोरेको डाइनामो तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro