site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको राष्ट्रिय भेला : आज सांगठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आजदेखि सुरु राष्ट्रिय भेलामा सांगठनिक प्रतिवेदनमाथि छलफल भएको छ ।

कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि छलफल भएको थियो । त्यस्तै, प्रदेशको ‘रिपोर्टिङ’ पनि भएको थियो । 

पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिने जनाइएको छ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ । 

भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ । 

भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ । भेलामा देशभरबाट एक हजार ५०० बढी प्रतिनिधि सहभागी छन् । 

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव सोमबार बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro