site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अनरको दसैँ अफर : स्मार्टफोन किन्दा स्कुटरदेखि थाइल्यान्ड भ्रमणको अवसर

काठमाडौं । अनर नेपालले दसैँको अवसरमा 'अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्' अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत कुनै पनि ग्राहकले अनरको स्मार्टफोन किन्दा थाइल्यान्ड भ्रमण र अन्य पुरस्कार जित्ने मौका पाउनेछन् ।

यो अफर यसै सेप्टेम्बर १७ देखि नोभेम्बर ७ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ पसल र अधिकृत बिक्रेतामा उपलब्ध हुने कम्पनीले जनाएको छ । अनर स्मार्टफोन खरिद गर्ने सबै ग्राहक अफरमा समावेश हुनेछन् ।

अफरअन्तर्गत दैनिकरूपमा अनरको च्वाइस एयरबड्स एक्स५ र स्याकी जीटी वाच जित्न सकिनेछ । साप्ताहिक पुरस्कारका रूपमा मार्सल स्पिकर र अनर २०० जित्न सकिने कम्पनीले जनाएको छ ।

विशेष ग्रान्ड पुरस्कारका रूपमा थाइल्यान्ड भ्रमण, अप्रिलिया स्कुटर र अनर म्याजिक भी२ जित्न सकिने कम्पनीले बताएको छ ।

अनर नेपालका राहुल राठीले दसैँको अवसरमा 'अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्' अभियान सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । अफर अवधिभर अनर खरिदकर्ताले खल्ती एपमार्फत दामी क्यूआर स्क्यान गरी आफ्नो पुरस्कार थाहा पाउन सक्ने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro