site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित : राष्ट्रसंघ

राष्ट्रसंघ । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका छन् । उनीहरूका लागि खाद्यन्न, पिउने पानी, सरसफाइजस्ता प्रथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसीएचए)ले राष्ट्र संघका एजेन्सी, गैरसरकारी संस्था (एनजीओ) र नाइजेरिया रेडक्रस सोसाइटीका प्रमुखको संयुक्त मिसनले प्रभावित क्षेत्रको साताव्यापी भ्रमण गरी प्रभावितहरूको सहयोगका लागि सरकारी अधिकारीसँग समन्वय गरेको जनाएको छ । 

लामो द्वन्द्वसँगै बाढीका कारण पटक–पटक विस्थापित भएका उनीहरूलाई यथाशीघ्र सहयोग चाहिएको ओसीएचएले जनाएको छ ।  

विपद्को समयमा लैंगिक हिंसाको जोखिम कम गरी महिला तथा बालबालिकाको सुरक्षाको लागि सक्षम सुरक्षा गतिविधिहरू अवलम्बन गर्न तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ ।

ओसीएइचएका अनुसार सेप्टेम्बर–९ मा अलाउ बाँध क्षेतिग्रस्त हुँदा तीन लाख मानिस विस्थापित भएका थिए । मैदुगुरीमा बाढीले अन्य महत्त्वपूर्ण पूर्वाधारसहित दुईवटा पुल आंशिक रूपमा ध्वस्त भएका छन् । 

“सरकारी प्रयासको समर्थनमा, राष्ट्रसंघ र यसका साझेदारहरूले प्रभावित क्षेत्रमा खाना उपलब्ध गराइ रहेको कार्यालयले जनाएको छ । यसका साथै पानी, सरसफाइ र रोगको प्रकोप रोक्न पानी शुद्धीकरण 'ट्याब्लेटहरू' प्रदान गरिरहेको कार्यालयले उल्लेख गरेको छ ।  

ओसीएइचएले नाइजेरियाका लागि संयुक्त राष्ट्रसंघीय मानवीय समन्वयकर्ता मोहम्मद मलिक फलले नाइजेरियाको मानवीय कोषबाट ६ मिलियन अमेरिकी डलरको कोष घोषणा गरेको जनाएको छ । कार्यालयका अनुसार पीडितहरूको जीवन बचाउन थप स्रोत र कोषको आवश्यकता छ । 

बाढीका कारण नाइजेरियामा तीन करोड २० लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको पुष्टि गर्दै ओसीएचएले बाढीले एक लाख २५ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको बताएको छ ।

कार्यालयका अनुसार बाढीका कारण “बोर्नो, आदामावा र योबे राज्यमा मात्र ४.८ मिलियन मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्न बाध्य छन् भने दुई लाख ३० हजार बालबालिका कुपोषणको खतरामा परेका छन् ।  

खाद्य मुद्रास्फीतिका कारण खाद्य पदार्थको मूल्य तीन गुणा वृद्धि भएको छ भने बालीनालीकोे क्षतिले थप चिन्ता थपिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro