site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
मेटाद्वारा विदेशी हस्तक्षेप गतिविधि बढाएको आरोपमा रुसी सञ्चारमाध्यम प्रतिबन्धित

सान फ्रान्सिस्को । टेक जायन्ट कम्पनी मेटाले सोमबार विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रूपमा प्रतिबन्ध लगाएको छ । 

संयुक्त राज्य अमेरिकाले रुस समर्थित सामाचारमाध्यम आरटीको कर्मचारी र यसका प्रधानसम्पादकलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा प्रतिबन्ध लगाएको केही समयपछि मेटाले यो घोषणा गरेको हो । यूएस स्टेट डिपार्टमेन्टले आरटीलाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशहरूमा ‘सूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिद’मा संलग्न भएको आरोप लगाएको छ ।

Dabur Nepal
NIC Asia

“सावधानीपूर्वक विचार गरेपछि, हामीले रूसको राष्ट्रिय सञ्चारमाध्यमविरुद्ध हाम्रो चलिरहेको प्रवर्तन विस्तार गरेका हौँ,” मेटाले बताएको छ । 

“रोसिया सेगोडन्या, आरटी र अन्य सम्बन्धित संस्थाहरूलाई अब विदेशी हस्तक्षेप गतिविधिको लागि विश्वव्यापी रूपमा हाम्रा सञ्जालहरुबाट प्रतिबन्ध लगाइएको छ,” मेटाले भन्यो ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि आरटीलाई गैरकानुनी रूपमा सञ्चालित रहेको आरोपमा बेलायत, क्यानडा, युरोपेली संघ र संयुक्त राज्य अमेरिकामा औपचारिक रूपमा प्रतिबन्ध लगाइएको थियो ।

आरटीमाथि अमेरिकाविरुद्ध भ्रामक सूचना फैलाउने गोप्य परियोजनाको रूपमा अनलाइन सामग्री निर्माण कम्पनी ‘टेनेसी’लाई वित्तपोषण गरेको अभियोग लगाइएको हो । 

सन् २०२३ को अन्त्यदेखि रुसले समर्थन गरेको अमेरिकी अनलाइन सामग्री निर्माण कम्पनीले अमेरिकाविरुद्ध लगभग दुई हजार भिडियो पोस्ट गरेको छ । भिडियोहरू युट्युबमा मात्रै एक करोड ६० लाखभन्दा बढी पटक हेरिएको अभियोगमा उल्लेख गरिएको छ । 

मेटाले यसअघि रूसी इन्टरनेट अनुसन्धान विभागको विदेशी हस्तक्षेप गतिविधिलाई विफल पार्न रुसको संघीय समाचार समितिलाई प्रतिबन्ध लगाएको थियो । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro