site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको राष्ट्रिय भेला आजबाट सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजेदेखि सुरु हुने भेला भोलिसम्म चल्नेछ । 

भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन, कार्यवाहक महामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।

विधान संशोधन, विचार, संगठन, संसदीय मामिला, अभियान, उमेदवार क्लब÷लिडरसिप एकेडेमीलगायत एजेन्डामा भेलामा छलफल हुनेछ ।

भेलाले राष्ट्रिय अभियान पनि घोषणा गर्दै महाधिवेशनको मिति तय गर्नेछ । भेलामा देशभरबाट एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्