site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविको दाबी : सहकारी ठगी प्रकरणमा मेरो संलग्नता नरहेको छानबिन समितिले स्पष्ट पारेको छ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको दाबी गरेका छन् । 

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिवेदनको पूर्ण स्वरुप हेर्न नपाए पनि सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको छानबिन समितिले स्पष्ट पारेको उल्लेख गरे । 

गोर्खा मिडियामा लगानीकर्ताले ल्याएको स्रोत हेर्ने काम आफ्नो नभएको भन्दै उनले संस्थामा रहेको रकम प्रबन्ध निर्देशक (एमडी)को रूपमा आन्तरिक काममा खर्च गरेको उल्लेख गरे । लामिछानेले वास्तविक सहकारी ठगहरूलाई कारबाही गर्नबाट पछि हट्न नहुने स्पष्ट पारे । आफू संस्थामा रहेका बेला संस्थाको रकम दुरुपयोग नभएको उनको दाबी छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro