विदेश
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यमनको हुथी सेनाले आइतबार मध्य इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि आफूहरूले जवाफ दिने चेतावनी दिएका छन् । इजरायलमाथि आक्रमण गर्नेहरू नउम्कने उनको भनाइ छ ।
हुथी सेनाले उक्त मिसाइल आक्रमणको जिम्मेवारी लिएको छ । दक्षिणी तेल अभिभको जाफा क्षेत्रलक्षित हाइपरसोनिक मिसाइल प्रहार गरिएको थियो ।
गएको जुलाईमा हुथी ड्रोन आक्रमणमा तेल अभिभमा एक व्यक्तिको मृत्यु भएपछि यमनबाट दोस्रोपटक मिसाइल मध्य इजरायलमा पुगेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ १२:४३
प्रतिक्रिया दिनुहोस्