site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
शक्तिशाली आँधी चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी

टोकियो । एक शक्तिशाली आँधी ‘बेबिन्का’ चीनको पूर्वी समुद्री किनारतर्फ लागेको छ । यसका कारण दक्षिणी जापानको टापुका बासिन्दालाई आइतबार सम्भावित पहिरोको चेतावनी जारी गरिएको छ । 

चक्रवात ‘बेबिन्का’ आइतबार राति जापानको अमामी टापु हुँदै १९८ किलोमिटर प्रतिघण्टाको गतिमा बहिरहेको त्यहाँको मौसम विज्ञान विभाग (जेएमए)ले जनाएको छ ।

Dabur Nepal
NIC Asia

“अमामी क्षेत्रमा हाल भारी वर्षाका कारण पहिरोको खतरा बढेको छ,” जेएमएले भनेको छ ।

उक्त आँधी सोमबार बिहान सांघाईनजिकै अवतरण हुने पूर्वानुमान छ ।

वैज्ञानिकका अनुसार, जलवायु परिवर्तनले जापान र अरू ठाउँमा भारी वर्षाको जोखिम बढेको छ । गएको महिना एक शक्तिशाली आँधीले जापानभर निम्त्याएको भारी वर्षाका कारण सडक दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो ।

सन् २०२१ मा भारी वर्षाका कारण जापानी सहर अटामीमा खसेको विनाशकारी पहिरोमा परी २७ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro