site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीले प्रतिनिधिसभा ‘बैठक अवरोध गर्ने’ 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आज पनि प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ । सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूबीचको बैठकपछि माओवादीले सदन अवरोध गर्ने निर्णय गरेको हो ।

“अवरोध गर्ने कुरा भएको छ, छलफल चलिरहेको छ,” एक सांसदले बाह्रखरीसित भने ।

सभामुख र प्रमुख सचेतकहरूबीचको बैठकमा उठाइएको विषयमा आन्तरिक छलफलका निम्ति माओवादीले एक घण्टाको समय मागेको थियो । माओवादीले बिहानको बैठकमा आफूहरूको विरोध हिंसा शब्दसँग मात्र नभएर सशस्त्र संघर्षलाई नै प्रभाव पार्ने गरी बोलिएको भन्दै आपत्ति जनाएको थियो ।

यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का सांसद योगेश भट्टराईले हिंसा शब्द प्रयोग गरेका थिए । सोही विषय चर्कंदा माओवादीको अवरोधका कारण यसअघिको संसद् बैठक स्थगन गरिएको थियो ।

माओवादीले हिंसा शब्द असंसदीय भनेको छ । सभामुखले असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउनु नपर्ने ‘रुलिङ’ गरेका थिए ।

सोही शब्दमा सहमति नजुट्दा आज दिउँसो १ बजेका निम्ति तय गरिएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन । बैठक चलाउने विषयमा सभामुखले फेरि प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro