site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको बताएका छन् । 

पोष्टबहादुर बोगटीको दशौँ स्मृति दिवसमा माओवादी केन्द्रले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सरकारको पछिल्लो कामकारबाहीलाई हेर्दा भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुदै गएको उल्लेख गरे । 

"पछिल्लो समय सहकारी प्रकरणमा सांसदहरू मुछिदै गएकाले उनीहरूलाई कस्तो कारबाही वा अनुसन्धान हुन्छ भन्ने जनताले हेरिरहेको छ," उनले भने । 

श्रेष्ठले माओवादीको जनयुद्ध वा संविधानमा उल्लेख सशस्त्र द्वन्द्वलाई होच्चाउने काम सत्तापक्ष सांसदहरूबाट भएकाले प्रतिवाद गर्नुपरेको धारणा राखे । ‘हिंसा’ शब्द नै सदनमा प्रयोग हुन सक्दैन भन्ने नभई जनयुद्धका सन्दर्भमा प्रयोग भएको हिंसा शब्दले परिवर्तनलाई नै अपमान गर्ने काम भएको उनले बताए ।

श्रेष्ठले समाजवादी मोर्चालाई क्रियाशील बनाउन सक्रिय भूमिका खेल्ने र जनताको मुद्दाका विषयमा विचार मिल्नेसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखे । 

उनले माओवादी नेतृत्वको सरकारले कुनै गल्ती नगरी राम्रा काम गरेकाले नै सरकारबाट हटाइएको जिकिर गरे । सरकारबाट बाहिरिएपछि पनि माओवादीलाई आफूले गरेका कामका कारण जनताका अगाडि मुख देखाउन कुनै समस्या नरहेको उनको भनाइ छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro