site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
निबन्धकार नयाँघरेको ‘आगोको बीउ’ बजारमा
SkywellSkywell

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको निबन्धकृति ‘आगोको बीउ’ प्रकाशनमा आएको छ । नयाँघरेको यो १९औं कृति हो । यसभन्दा पहिले उनका नौ वटा नियात्रासंग्रह र १० वटा निबन्धका पुस्तक प्रकाशित भइसकेका छन् । 

नेपाली समाजको उपेक्षित पाटोलाई आफ्नो निबन्धको भावभूमि बनाउने नयाँघरे पोख्त मानिन्छन् । २०६५ सालमा आत्मपरक निबन्धसंग्रह ‘एक हातको ताली’ मा उनले मदन पुरस्कार पाएका थिए । त्यसको करिब १५ वर्षपछि आफ्नो आत्मपरक शैलीलाई अझ परिस्कार र परिमार्जन गर्दै ‘आगोको बीउ’ प्रकाशनमा ल्याएको युवराजले बताए ।

Dabur Nepal
NIC Asia

उनी भन्छन्, “समाजमा हरेक क्षेत्र अन्यौल, असहिष्णु र अस्तव्यस्त भएको छ । त्यसकै अन्तरमनलाई पर्गेलेर मैले यी निबन्धहरूको रचना गरेको हुँ ।”

यसभित्र २६ वटा आत्मपरक निबन्धहरू समावेश गरिएको छ । नयाँघरेको यो संग्रहलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro