site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मासिक कथावाचन’ सम्पन्न 

काठमाडौं । नेपाली कथा साहित्यको प्रवर्द्धनका लागि मासिक रूपमा ‘मासिक कथावाचन’ कार्यक्रम आयोजना गरिँदै आइएको छ । २०८० को साउनदेखि सुरु भएको यो कार्यक्रमको १२औं शृङ्खला शुक्रबार सम्पन्न भएको छ ।

घट्टेकुलोमा आयोजित कार्यक्रममा सुरुमा दिवंगत स्रष्टा युद्धप्रसाद मिश्रको ‘पुनर्मिलन’ शीर्षकको कथा शारदा मासिकको वि.सं. १९९८ जेठ महिनाको अंकबाट वाचन गरियो । कथा पवित्रा अधिकारीले वाचन गरिन् । 

कार्यक्रममा २०४० को दशकमा प्रकाशित दुई कथाका कथाकार मधुवन पौडेल र किशोर पहाडीले आफ्ना कथा वाचन गरे । 

त्यस्तै २०६० को दशकमा प्रकाशित दुई कथाकार मधुसूदनप्रसाद घिमिरे र राशि पाण्डेले तथा २०७० को दशकका दुई कथाकार रमेशजंग थापा र पवित्रा अधिकारी आफ्ना कथा वाचन गरे । 

कार्यक्रमका परिकल्पनाकार साहित्यकार पुष्कर लोहनीले नेपाली कथासाहित्यको विकासक्रमबारे प्रकाश पार्दै कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे । 

संयोजन समितिका अर्का व्यक्तित्व साहित्यकार चन्द्रप्रसाद भट्टराईले विभिन्न पुस्ताका कथाकारलाई एकै स्थानमा राखेर फरकफरक दशकमा प्रकाशित कथा स्रष्टाकै स्वरमा वाचन गर्ने यस कार्यक्रमको उद्धेश्यका बारेमा बोले । उनले हरेक महिना आठवटा कथा वाचन हुँदै आएको जानकारी गराए ।
 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro