site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बाबुको चिन्ता !

नेत्रप्रसाद गौतम


छोराले खानदानमा नाकै मेरो भाँच्ने हो कि 
यो जिन्दगीमा नराम्रो बाटो लाग्ने हो कि !

छोरो ठूलो भयो, भनेको टेर्दैन
गर्नुपर्ने काम त्यसले गर्दैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पढाइ गर्न कलेज जान्छु भन्छ
के थाहा सारा दिन कताकता हिँड्छ ।

धेरै मात्तियो आफ्नो सीमा नाघ्ने हो कि
छोराले खानदानमा नाकै मेरो भाँच्ने हो कि !

जवान छ यहाँ वहाँ घुम्छ कि
मस्तीमा केटीहरूसित झुम्छ कि !

हुनसक्छ कुसंगततिर सर्‍यो कि
कुनै केटीका चक्करमा पर्‍यो कि !

के थाहा धेरै केटीसँग सम्बन्ध गाँस्ने हो कि
छोराले खानदानमा नाकै मेरो भाँच्ने हो कि !

यदि, नकारात्मक विचार मनमा भर्‍यो भने,
कसैका छोरीबुहारी छेडछाड गर्‍यो भने

आगोजस्तै फैलिई यो कुरा चारैतिर जाने होला
दिनरात चिन्तै चिन्ताले मलाई फेरि खाने होला !

जो छ मेरो अस्तित्व त्यो सबै मास्ने हो कि
छोराले खानदानमा नाकै मेरो भाँच्ने हो कि !

कलेज नगई होटेलमा पो जान्छ कि
गएर त्यहाँ बियर र रक्सी तान्छ कि !

मलाई मेरा छोराको चिन्ता ज्यादै छ
भित्रभित्र यही चिन्ताले खाँदै छ ।

छैन खबर गर्दनमै तीर दाग्ने हो कि
छोराले खानदानमा नाकै मेरो भाँच्ने हो कि !
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्