site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
होटेललाई उद्योग सरहको मान्यता दिन्छौँ : उपप्रधानमन्त्री पौडेल
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रको महत्त्वपूर्ण पाटोको रूपमा रहेको होटेल व्यवसायलाई उद्योग सरह मान्यता दिलाउन पहल गर्ने बताएका छन् । क्यापिटल नेपालले आज यहाँ आयोजना गरेको होटेलियर समिटमा उनले सरकारले होटेलको लगानीलाई उद्योग सरहको सुविधा दिने विश्वास दिलाए ।

उपप्रधानमन्त्री पौडेलले विगतमा आफू अर्थमन्त्री भएको बेला बजेट वक्तव्यमा होटेललाई उद्योगको मान्यता दिने विषय उल्लेख गरेको भए पनि आफू सरकारबाट बाहिरिएपछि त्यसको कार्यान्वयन नभएको बताए । “म आफैँले बनाएको बजेटमा होटेललाई उद्योगको मान्यता दिने भनेर समावेश गरेको थिए, बजेट कार्यान्वयन गर्न नपाउँदै सरकारबाट बाहिरिनुपर्‍यो । अहिले उपयुक्त समय आएको छ,” उनले भने, “वर्तमान सरकारले होटेललाई उद्योग सरहको मान्यता र उद्योग सरहको सुविधा दिन्छ । बरु के–कस्ता सुविधा दिन सकिन्छ, सरोकारवाला व्यवसायीसँग छलफल गरेर प्राप्त सुभावको आधारमा अघि बढ्छौँ ।”

Dabur Nepal
NIC Asia

उपप्रधानमन्त्री पौडेलले नेपाल पर्यटन बोर्डलाई गतिशील र प्रभावकारी बनाउन जरुरी भएको बताउँदै भने, “पर्यटन बोर्डको भूमिका प्रभावकारी बनाउन जरुरी छ, कार्यकारी प्रमुख छनोट भएको छ, अब कुन–कुन विषयमा सुधार गर्नुपर्ने हो, त्यसअनुरुप सरकारले ठोस कदम चाल्नेछ”, उनले भने ।

उपप्रधानमन्त्री पौडेलले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा निजगढमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अहिलेको अपरिहार्य भएको उल्लेख गरे । “गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर सरकारले राम्रो काम गरेको छ,” उनले भने, “अब, यो विमानस्थलको प्रभावकारी सञ्चालनका लागि प्रधानमन्त्रीको उपस्थितिमा पटकपटक विभिन्न छलफल र परामर्श भएको छ, पर्यटन प्रवर्द्धनका निम्ति दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु अपरिहार्य भइसकेको छ ।” रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro