site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर प्रशासनमा उल्लेखनीय सुधार हुने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुने गरी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अवलोकनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले सरुवाबढुवा वा अरू कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न कोही नआउन पनि आग्रह गरे । आफ्नो रुचि र चासो कर प्रशासनमा उल्लेखनीय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको उनले बताए ।

“कोही पनि साथीहरू सरुवाबढुवा, अरू कुनै प्रयोजनका निम्ति मन्त्रीकहाँ नआउनु होला,” उनले भने, “मन्त्रीको एउटा मात्रै रुचि र एउटा मात्रै चासो छ कि हाम्रो कर प्रशासनमा उल्लेखनीय सुधार होस् । र, लक्ष्य पूरा होस् ।”

उनले सरकारले लिएको राजस्व संकलनको लक्ष्य पूरा गर्न आवश्यक सहयोग उपलब्ध गराइने सुनाए । आन्तरिक राजस्व रणनीति कार्यान्वयनका निम्ति उनले जोड दिए ।

“त्यसका लागि तपाईंहरूलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोग दिन हामी तयार छौँ । सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ । त्यस हिसाबले अघि बढ्न आग्रह गर्दछु” उनले भने ।

उपप्रधानमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकासलगायत काममा लाग्नुपर्ने बताए । उनले लक्षित राजस्व लक्ष्य पूरा गर्न पनि निर्देशन दिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro