site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकी प्रदेशसभामा दुई विधेयक पेस

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकमा दुई विधेयक पेस भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक’ र उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले ‘गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ सभासमक्ष पेस गरेका हुन् ।

सभाले कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठको ‘जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफाबार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्तावलाई पारित गरेको छ । ‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई सम्बन्धित समितिमा पठाउने प्रस्तावलाई पनि बैठकले पारित गरेको छ ।

सभामा मुख्यमन्त्री पाण्डेले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन सभामा पेस गरेका थिए । ‘गण्डकी प्रदेशसभा नियमावली–२०८० संसोधन मस्यौदा समिति गठन’ सम्बन्धी प्रस्तावलाई पनि बैठकले पारित गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवदीले जानकारी दिए ।

उक्त समितिमा प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली, कुसुम बुढा, प्रकाश बराल र बिन्दु पौडेल छन् । समितिको बैठकले संयोजक चुन्ने र कार्यविधि तय गर्ने प्रदेशसभा सदस्य नेपालीले बताए ।

पूर्वप्रदेशसभा सदस्य, प्रदेशसभा र विषयगत समितिको गणकपुरक सङ्ख्यालगायत विषयमा नियमावली संशोधनको मस्यौदा उक्त समितिले तयार गर्ने जनाइएको छ । आजको बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक राजनीतिक परिस्थिति र जनजीविकाका विषयमा धारणा राखेका थिए । रासस

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro