site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राखेपद्वारा एरिका र पलेशासहित १८ खेलकर्मी सम्मानित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियन गेम्समा रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मीलाई सम्मान गरेको छ ।  

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभामण्डपमा बुधबार राखेपले आफ्नो ६१औँ वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टुलाई सम्मान गरेको हो । दुवैजना समान एक लाख नगद पुरस्कारसहित सम्मानित भए ।

Dabur Nepal
NIC Asia

जुनियरतर्फ पुरुष क्रिकेटका दीपेश कँडेल र महिलामा एथ्लेटिक्सकी देविकीकुमारी धामी सम्मानित भए । राखेपले दुवैलाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पारातर्फको पुरस्कार पेरिस पारालिम्पिक र चौथो पारा एशियन गेम्सकी ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवद्र्र्धनले प्राप्त गरिन् । उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । सोही अवसरमा राखेपले पलेशााका प्रशिक्षक कविराज नेगी लामा र आमाबुबालाई पनि कदरपत्रसहित सम्मान गरेको थियो ।

यता, करातेकी एरिका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठले भने राखेपको करार प्रशिक्षकतर्फ पुरस्कार पाए । उनलाई नगद १० हजार रुपैयाँसहित राखेपले सम्मान गरेको हो । वर्ष उत्कृष्ट पत्रकारको अवार्ड नागरिक दैनिक पत्रकार अनिल मल्ल ठकुरी र अनलाइन खबरकी पत्रकार नमिता दाहालले प्राप्त गरिन् ।

राखेपले वार्षिकोत्सवको अवसरमा प्राविधिक र प्रसाशनिकतर्फ पनि उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो । यस वर्षको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले पाए । यसै विधाको प्रशासनतर्फ हीराप्रसाद पौडेल सम्मानित भए । राखेपले दुवैलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । उत्कृष्ट परिषद् सेवा पुरस्कार प्राविधिक टेबलटेनिस प्रमुख प्रशिक्षक राजेन्द्र कपाली र प्राविधिकमा विरोधविक्रम जिसी नगद १५ हजार रुपैयाँसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारमा प्राविधिकतर्फ तेक्वान्दोका बलराम लामा र प्रशासनिकमा दुर्गादेवी बस्नेत सम्मानित भए । दुवै नगद १० हजारसहित सम्मान भएका हुन् । करारकै प्राविधिकमा मेडिकलतर्फका रिल्याक्सोलोजीका कृष्णहरी घिमिरे सम्मानित भए ।

राखेपले यस अवसरमा उत्कृष्ट खेल संघका रूपमा नेपाल कराते महासंघ, उत्कृष्ट स्थानीय तहका रूपमा घोडाघोडी नगरपालिका र उत्कृष्ट प्रायोजकका रूपमा सूर्य नेपाल प्रालीलाई कदर पत्रसहित सम्मान गरिएको थियो । नेपाली खेलकुदको कार्यकारी निकाय राखेपले खेलाडी र प्रशिक्षकसहित नेपाली खेलकुद क्षेत्रमा विभिन्न भूमिकाबाट योगदान पुर्‍याउँदै आएका व्यक्तित्व र संघ संस्थालार्ई सम्मान गरेको जनाएको छ ।

राखेपका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्यहरू एकेन्द्र कुँवर, अन्जना मास्के श्रेष्ठ र विना श्रेष्ठ लगायतले सम्मान गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro