site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलद्वारा कपिलवस्तुको ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर
SkywellSkywell

काठमाडौं । एनसेलले प्रदेशस्तरमा सञ्चालन भइरहेको सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले मुटु रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटु रोगलगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्शलगायत ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए ।

Health-Camp-(11)-1726063074.jpg
 

Dabur Nepal
NIC Asia

शिविरमा ३०० भन्दा बढीले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएको कम्पनीले जानकारी दिएको छ ।

शिविरमा सहभागीहरूले परामर्शअनुसारको आवश्यक निःशुल्क औषधि पनि पाएको बताइएको छ । यस्ता स्वास्थ्य शिविरले स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाका साथ समस्यासँग जुध्न मदत गर्ने बताइएको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका, वडा नं. ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य तीन विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।

Health-Camp-(8)-1726063074.jpg
 

“एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र हामीले समुदायका मानिसहरूका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्घ रहेका छौँ । यसै अनुरुप हामीहरूले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरूलाई ध्यानमा राख्दै विभिन्न सामाविक विकासका कार्यहरू गर्दै आएका छांँ । हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।

एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ । कम्पनीले गत वर्ष आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८औँ वर्षको लागि १८ वटा सामाजिक पहलका लागि आवेदन खुल्ला गरेको थियो । यसै पहलअन्तर्गत सातै प्रदेशमा विकास कार्यहरू कार्यन्वयन भइरहेका छन् । यस ‘एटीन फर एटीन’ कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रतिपरियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।

Health-Camp-(7)-1726063072.jpg
 

एनसेलले आफ्नो स्थापनापश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा दुई अर्ब भन्दा बढी योगदान गरिसकेको छ । साथै, कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी ३२० खर्बभन्दा बढी राजस्व तिरिसकेको छ ।

Health-Camp-(11)-(1)-1726063072.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu