site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप छनोटमा अर्जेन्टिनाको दोस्रो हार

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोट चरणमा अर्जेन्टिनाले दोस्रो हार व्यहोरेको छ । मंगलबार राति कोलम्बियाको स्टाडियो मेट्रोपोलिटानोमा भएको खेलमा विश्वकप च्याम्पियन समेत रहेको अर्जेन्टिना घरेलु टिमसँग २–१ ले निराश बनेको हो ।

घरेलु समर्थकमाझ कोलम्बियालाई जित दिलाउन यर्सन मास्क्वेरा र जेम्स रोड्रिगेजले गोल गरे । अर्जेन्टिनाका निकोलस गोन्जालेजले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको २५औँ मिनेटमा मास्क्वेराले गोल गरेपछि कोलम्बियाले पहिलो हाफभर अर्जेन्टिनाविरुद्ध अग्रता बनाएको थियो । तर, ४८औँ मिनेटमा गोन्जालेजको गोलमा अर्जेन्टिना पुनः खेलमा फर्कियो । 

६०औँ मिनेटमा रोड्रिगेजले कोलम्बियाको जितमा निर्णायक गोल गरे । रोड्रिगेजले भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोगमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो दोस्रो हार हो । अर्जेन्टिनाले यसअघि छनोटमा उरुग्वेसँग २–० को हार सामना गरेको थियो । हारका बावजुद अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ । अर्जेन्टिनाले ८ खेल खेल्दा ६ जितसहित १८ अंक जोडेको छ । 

तालिकामा अर्जेन्टिनालाई पछ्याइरहेको कोलम्बिया १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । छनोटमा कोलम्बिया हालसम्म अपराजित छ । कोलम्बियाले आठ खेल खेल्दा चारमा जित र चार खेलमा बराबरीको नतिजा निकालेको छ ।

मंगलबार राति नै भएका अन्य खेलमा बोलिभियाले चिलीविरुद्ध २–१ को जित दर्ता गर्यो । यस्तै, भेनेजुयला र उरुग्वेले भने गोलरहीत बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro