राजनीति
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान साढे ८ बजे बस्नेछ ।
बैठकमा उपसभापति धनराज गुरुङमाथि सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे छलफल हुनेछ । बैठकले यस विषयमा साझा धारणा बनाउने कांग्रेस स्रोतले बताएको छ ।
सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारे गरेको प्रस्तावमा पनि बैठकमा फलफल हुने बताइएको छ ।
सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री ओलीले उपसभामुखलाई हटाउन प्रस्ताव गरेका थिए ।
‘घरभित्रै सहकारी समस्या’ लुकाएर रविविरुद्ध अग्रपंक्तिमा थिए धनराज
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१ ०७:५८
प्रतिक्रिया दिनुहोस्