site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिरहाको नवराजपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जना भ्रष्टाचारी ठहर

काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १० जना भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य तेजनारायण सिंह राईको इजलासले भ्रष्टाचारी ठहर गरको हो ।

आ.व. २०७७/०७८ मा गाउँपालिकाको वडा नम्बर–२ स्थित रामजानकी दलित आधारभूत विद्यालय मझौराको अपूरो कार्य पूरा गर्दा विद्यालय भवनको काम नै नगरी कार्यसम्पन्न प्रतिवेदन बनाएर भ्रष्टाचार भएको भन्दै गत जेठ २८ मा अख्तियारले मुद्दा दायर गरेको थियो ।

Dabur Nepal
NIC Asia

झुट्टा मूल्यांकन गरी भुक्तानीको लागि स्वीकृत १४ लाख ५१ हजार ५५१ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप ठहर हुने फैसला भएको हो । फैसलामा कुसियैतसहित लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सव–इन्जिनियर सन्तोषकुमार यादवलाई विगो बमोजिमको जरिवानासहित दामासाहीले दुई लाख सात हजार २६४ रुपैयाँ ४२ पैसा जरिवाना र तीन महिना कैद हुने फैसला भएको छ ।

यस्तै, नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख संजयप्रसाद यादव, वडा नं. ४ का वडा अध्यक्ष मदन यादव र वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष मनोजकुमार यादव उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहलाई पनि १४ लाख ५१ हजार ५५१ रुपैयाँ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

अख्तियारले वडा नम्बर–२ का तत्कालीन वडा अध्यक्ष खुसिलाल साहलाई हुँदै नभएको काम भएको भनी सिफारिस गरेकाले तीन महिना कैद र १० हजार जरिवाना हुने फैसला भएको छ । उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहलाई भने नगरेको कामको भुक्तानी लिएवापत तीन महिना कैद सजाय तोकिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro