राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रबिनाको समाजवाद अधुरो रहने बताएका छन् ।
बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा मंगलबार काठमाडौंमा आयोजित 'बीपीको समाजवाद : आजको सान्दर्भिकता' विषयक विचार गोष्ठीमा बोल्दै देउवाले प्रजातन्त्रबिना समाजवाद सफल नहुने र तानाशाहरू जन्मने खतरा हुने उल्लेख गरे ।
उनले विश्वमा प्रजातन्त्रलाई जोड्ने भनेकै समाजवाद भएको जिकिर गरे । कांग्रेसलाई बीपीको सिद्धान्त र विचारका आधारमा अघि बढाउनुपर्नेमा समेत जोड दिए । बीपीको राजनीतिक तथा साहित्य जीवनीलाई व्यापक बनाउनुपर्ने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१ १७:५६
प्रतिक्रिया दिनुहोस्