site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीजीको दसैँ अफर : हिरोका मोटरसाइकल तथा स्कुटर किन्दा ‘नेटा भी ईभी’ जित्न सकिने

काठमाडौं । सीजी मोटर्सले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ–तिहार अफर ल्याएको छ ।

कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा ‘एक्कासि मालामाल’ नामक अफर सार्वजनिक गरेको हो ।

यसअन्तर्गत हिराका जुनसुकै मोडलका मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डबाट पाँच लाखसम्म नगद जित्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै, बम्पर उपहारमा ‘नेटा भी ईभी कार’ जित्न सकिने सीजी मोटर्सले जनाएको छ ।

कम्पनीले यसलाई ‘दसैँ–तिहार २०८१ को बहार, दुई चक्के किन्दा चार चक्के उपहार’ योजना भनेको छ ।

यसै अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिदमा आठ हजारदेखि पाँच लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने कम्पनीले जनाएको छ ।

हिरोका मोटरसाइकल तथा स्कुटर हाल नेपालमै एसेम्बल भइरहेका छन् । नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्ट कम्पनीले बनाइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro