site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नेपालभाषा परिषद्को भवन अवलोकन

काठमाडौं । नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले नेपालभाषा परिषद्को नवनिर्मित भवन तथा चित्तधर हृदय स्मृति संग्रहालय अवलोकन गरेका छन् ।

०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवन भारत सरकारको आर्थिक सहयोगमा नेपाल सरकारबाट निर्माण भएर गत महिना परिषद्लाई हस्तान्तरण गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त अवसरमा परिषद्का सचिव पुष्परत्न तुलाधरले रेलाई परिषद्को नवनिर्मित भवनका साथै चित्तधर ह्रदय स्मृति संग्रहालय सञ्चालनसम्बन्धी जानकारी गराए ।   

कविकेशरी चित्तधर हृदयले २००७ सालमा नेपालभाषा साहित्यको विकास तथा विस्तारका लागि परिषद्को स्थापना तथा कार्यालय संचालनको लागि आफ्नो घर उपलब्ध गराएका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्