site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एएफसी यू–२० छनोटका निम्ति नेपाली टिमको घोषणा

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटका निम्ति नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

सोमबार नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।

टिमबाट नेपालमै भएको साफ यू–२० च्याम्पियनसिप खेलेका मदन पौडेल, निङ्साङ लिम्बु, जनप्रकाश बम, हरिषराज भट्ट र रोहन खड्गी बाहिरिएका छन् ।

नयाँ टिममा अमित टमाटा, निर्मल बल, दीपक थापामगर, प्रशान्त लक्छम, धनसिंह विक र निमावाङ्गेल तामाङले स्थान बनाएका छन् ।

छनोटको समूह ‘बी’ मा नेपाल, चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया छन् । यो समूहको खेल सेप्टेम्बर २१ देखि २९ सम्म चाइजिज ताइपेइमा हुनेछन् ।

नेपालले सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर २३ मा घरेलु टोली चाइनिज ताइपेइ, २५ मा उज्वेकिस्तान र २७ मा बहराइनको सामना गर्नेछ ।

नेपाली टोली
गोलकिपर :  जियारथ शेख, क्रिशल मोक्तान, अमित टमाटा

रक्षक : सविन घिमिरे, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सिमान्त थापा, आयुष तिम्सिना, दीपक थापामगर ।

मिडफिल्डरः : अभिनाश स्याङताङ, कुशल देउवा, लक्ष्छु थापा, सरोज दर्लामी, प्रशान्त लक्छम

फरवार्ड : अनिल बम्जन, धर्वेन्दर कुंवर, धनसिंह विक, निमावाङ्गेल तामाङ, नीरज कार्की, निराजन धामी, समीर तामाङ

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro