site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सकियो तेस्रो काठमाडौं कलिङ साहित्य महोत्सव 

काठमाडौं । काठमाडौं कलिङ साहित्य महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । ललितपुरको होटल हिमालयमा चलेको दुईदिने महोत्सव 'नेपालः द गेटवे टू एसियन आर्ट, कल्चर एन्ड लिटरेचर' भन्ने मूल नाराका साथ सम्पन्न भएको हो । महोत्सवमा ५० भन्दा बढी सत्र चलाइएको थियो । 

कार्यक्रममा महाकवि डा. भुवन ढुंगानालाई यशस्वी साहित्य सम्मान र लक्ष्मी मुर्डेश्वर पूरी, सञ्जीव सान्याल र अच्यूत सामन्तलाई यशस्वी सम्मानबाट सम्मान गरिएको छ । यसैगरी, यशस्वी पुस्तक पुरस्कार २०८१ बाट पाँच विधामा ६ वटा पुस्तकलाई पुरस्कृत गरिएको छ ।

Dabur Nepal
NIC Asia

पुरस्कृत हुनेमा देवव्रतको कविता संग्रह 'अष्टमाको निधारबाट वाग्मती बग्छ', मुना चौधरीको उपन्यास 'लार' र मोमिला जोशीले आफ्नो गैरकाल्पनिक कृति 'प्रश्नहरू त बाँकी नै रहन्छन्' छन् ।

KLF-session-1725816228.jpg
रोहिणी राणाको 'द नेपाल कुक बुक' (अङ्ग्रेजी) र यज्ञराज उपाध्यायको शोध कृति 'काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति'लाई पनि सम्मान गरिएको थियो । प्रत्येक विजेताले जनही २० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।

महोत्सवमा नेपाल, भारत, भुटान, श्रीलङ्का र अन्य दक्षिण एशियाली मुलुकका ३०० भन्दा बढी लेखकको सहभागिता रहेको थियो ।

चौथो संस्करण अर्को वर्ष २०२५ को सेप्टेम्बर १३ र १४ मा काठमाडौंमा आयोजना हुने तय भएको छ ।

KLF-audience-1725816226.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro