site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्तारूढ दलका शीर्ष नेताहरूबीच छलफल
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी थिए ।

छलफलमा सरकारका कामकारबाहीको समीक्षाका साथै थप प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संघीय संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सहमतिबमोजिम एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro