site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको संख्या ५८ पुग्यो

किभ । गएको साता पोल्टावा सहरमा गरिएको ठूलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीनजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५८ पुगेको युक्रेनले आइतबार जनाएको छ ।

सेन्ट्रल सिटीमा सेप्टेम्बर ३ मा गरिएको आक्रमण पछिल्ला केही महिनामा सबैभन्दा घातक रुसी हमला थियो । उक्त आक्रमणमा सैन्य शिक्षा संस्थानलाई लक्षित गरिएको थियो ।

युक्रेनी अधिकारीहरूले मृतकमा कति सैनिक वा नागरिक थिए भन्ने बताएका छैनन् । पोल्टावाका गभर्नर फिलिप प्रोनिनले टेलिग्राम पोस्टमा भनेका छन्, “दुःखको कुरा, सेप्टेम्बर ३ मा पोल्टावामा भएको रुसी आक्रमणमा घाइते भएका थप तीनजनाको अस्पतालमा मृत्यु भएको छ । मृतकको संख्या बढेर ५८ पुगेको छ ।”

उक्त आक्रमणको किभका अन्तर्राष्ट्रिय समर्थकले व्यापक आलोचना गरेका छन् । रुसले बाहिर भइरहेको सैन्य समारोहलाई लक्षित गरेको रिपोर्ट सार्वजनिक भएपछि किभमा केही आक्रोश बढेको छ ।

आक्रमणपछि युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले पश्चिमी मुलुकसँग हवाई रक्षा प्रणाली प्रदान गर्न आफ्नो आह्वानलाई दोहोर्‍याएका छन् । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro