site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हालसम्मका सबै हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाइने !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानबिन समितिले औँल्याएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५औँ दिनको पुण्य तिथिको सन्दर्भमा आइतबार आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तर्क्रियामा मन्त्री पाण्डेले सबै दुर्घटनाको छानबिन हुनुपर्ने बताए ।

“हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलगअलग अध्ययन र अनुसन्धान भएका छन् । तिनीहरूलाई कम्पायल गरेर, एकीकृत गरेर एक ठाउँमा राख्नुपर्ने छ,” मन्त्री पाण्डेले भने, “नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्न न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्च स्तरीय छानबिन समिति बनाउने छौँ । त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्ने छ ।”

सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको उल्लेख गर्दै उनले प्रतिवेदन तथ्य नजिक पुगेको देखिएको बताए ।

उनले दुर्घटनाका पीडितहरूले पाउनुपर्ने बिमाका विषयमा बिमासम्बन्धी ऐन निर्माण गर्नुपर्ने र पछिल्लो सन्धिहरूको मस्यौदाको क्रममा रहेको बताउँदै हवाई ऐनलाई समेत समयसापेक्ष हुने गरी परिमार्जन गरिने बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro