site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हंगेरीको पोस्टमा जर्मनीको पाँच गोल 

काठमाडौं । यूईएफए नेसन्स लिग–ए को खेलमा जर्मनीले हंगेरीविरुद्ध ५–० को फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा जर्मनीलाई जित दिलाउन जर्मनीका पाँच फरक खेलाडीले गोल गरे । जर्मनीबाट निक्लास फुलक्रुग, जमल मुसियाला, फ्लोरियन विर्ट्ज, एलेसान्डर पाभ्लोभिच र काई हाभार्ट्जले गोल गरे ।

खेलको २७औँ मिनेटमा फुलक्रुगले गोल गरेपछि जर्मनीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा चार गोल थपेको जर्मनीले ५८औँ मिनेटमा मुसियालाको गोलमा अग्रता दोब्बर बनायो । ६६औँ मिनेटमा विर्ट्जको गोलमा जर्मनीले अग्रतालाई ३–० मा पुर्याएको हो । 

७७औँ मिनेटमा पाभ्लोभिचले जर्मनीको अग्रतालाई ४–० मा राखे । यस्तै, खेलको निर्धारित समय सकिन नौ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीलाई हाभार्ट्जले सदुपयोग गरेपछि जर्मनीले ५–० को सहज जित निकालेको हो ।

लिग–ए का समूह ‘३’ मा रहेको जर्मनी तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमै पराजित हंगेरी भने तालिकाको अन्तिममा छ । यो समूहमा जर्मनी र हंगेरीसँगै नेदरल्यान्ड्स र बोस्निया एन्ड हर्जगोभिना छन् ।

शनिबार राति नै भएको समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बोस्नियाविरुद्ध ५–२ को फराकिलो जित निकाल्यो । पहिलो खेलमा जितसहित तीन अंक जोडेको डच टोली तालिकाको दोस्रो स्थानमा छ । बोस्निया भने तालिकाको तेस्रो स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro