site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइतीघरमा २८ दिनदेखि धर्ना दिइरहेका अधिकारकर्मी पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्ज–१७ की निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा २८ दिनदेखि धर्ना दिइरहेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा धर्ना दिइरहेका रुबी खानसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

२०६२ मा निर्मलाका श्रीमान् महलु कुर्मीको मृत्यु भयो । श्रीमान् गुमाएको चार वर्षपछि २०६६ मंसिरमा १० दिनको अन्तरालमा निर्मलाले आफ्ना दुई छोरा रामसागर र सुरेश गुमाइन् ।

दुई छोरा र श्रीमान् गुमाएर शोकाकुल भएकी निर्मलालाई बन्धक बनाएर कुटपिट गर्न थालियो । निर्मलाको नागरिकता, श्रीमान् र छोराको मृत्युदर्ताको प्रमाणपत्र, घरजग्गाका कागजात खोसिए । यी सब भइसकेपछि २०७५ मा निर्मलालाई बेपत्ता पारियो । सीमापारि भारतमा निर्मलाको शंकास्पद मृत्यु भएको भनिए पनि उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

Nirmala-Kurmi-1725627648.jpgयस घटनामा नेपाली कांग्रेसका नेता बादशाह कुर्मी संलग्न रहेको आरोप लागेको छ । उनी अहिले लुम्बिनी प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री छन् । २०६४ मा संविधानसभा सदस्यसमेत रहेका बादशाह निर्मलाका छिमेकी हुन् । 

निर्मला कुर्मीले न्याय पाउनुपर्ने, कांग्रेस नेता बादशाहमाथि छानबिन हुनुपर्ने भन्दै अधिकारकर्मीहरू यस अगाडि पनि तीनपटक धर्नामा बसिसकेका छन् ।

२८ दिनसम्म धर्नामा बस्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै अधिकारकर्मीहरू आन्दोलित भएर निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पक्राउ गरेको हो ।

Nirmala-Kurmi-dg-1725627647.jpg२६ असोज २०७८ गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा गठित छानबिन समिति गठन भएको थियो । समितिले बादशाह कुर्मीमाथि छानबिन गर्न निर्देशन दिएको थियो । त्यसपछि फागुन २०७९ मा प्रहरी वरिष्ठ उपरिक्षक दिनेशकुमार आचार्य नेतृत्वको विशेष अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धान भइसक्दा पनि मुद्दा अदालत नपुर्‍याएकामा अधिकारकर्मी आक्रोशित छन् ।

Nirmala-Kurmi-q-1725627647.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro