site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकहजार ७०० बढी संशोधन प्रस्ताव, थप छलफल गर्न उपसमिति बनाइने
Tiktok banner adTiktok banner ad

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे थप छलफल गर्न संसदीय उपसमिति बनाउने तयारी गरिएको छ । संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकबारे सैद्धान्तिक छलफलपछि उपसमिति गठन गरी थप संशोधन प्रक्रिया अघि बढाउने तयारी गरेको हो । 

“संशोधनकर्ता सांसदहरूसँगको सैद्धान्तिक छलफल सकेपछि उपसमितिमार्फत थप प्रक्रिया अघि बढाउने कि भन्ने प्रस्ताव छ, अहिले नै यसबारे टुंगो लागेको छैन,” समितिका उपसचिव पुष्पप्रकाश खनालले भने ।

हाल समितिमा संशोधनकर्ता सांसदहरूको प्रस्तावमाथिको छलफल भइरहेको छ । उपसचिव खनालका अनुसार, अब करिब ३० जनाको संशोधन प्रस्ताव समिति बैठकमा पेस हुन बाँकी छ ।

एकहजार ७०० बढी संशोधन, सैद्धान्तिक छलफल जारी

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा १६३ दफा छन् । ती दफाका व्यवस्थालाई लिएर १५२ जना सांसदको एकहजार ७३८ संशोधन प्रस्ताव परेको छ । हालसम्म विधेयकमाथि सैद्धान्तिक छलफल नै चलिरहेको छ । 

भदौ २१ गतेसम्म विधेयकका सम्बन्धमा समितिको २७ वटा बैठक डाकिएको छ । तर, विधेयकमाथि संशोधन प्रस्ताव धेरै परे पनि तिनमा छलफल निकै कम हुने गरेको छ । कतिपय बैठकमा ५० प्रतिशत संशोधनकर्ताहरू पनि उपस्थित नहुँदा छलफल अगाडि बढाउन कठिन भएको समितिका सभापति अम्मरबहादुर थापा बताउँछन् ।

विधेयकलाई चाँडै ऐनको रूप दिन समितिले नियमित बैठक डाके पनि संशोधनकर्ताहरूको कम उपस्थितिले अप्ठेरो बनाएको उनको गुनासो छ ।

विधेयकमाथिका छलफल सुस्त भएपछि प्रदेश सभामा नै पठाएर छलफल गर्न केही सांसदहरूबाट यसअघि प्रस्ताव आएको थियो । यस्तै, धेरै संशोधनकर्ता भएपछि विधेयकमाथि दलगतरूपमा छलफल गरी अघि बढ्न अग्रज सांसदहरूले सुझाव दिएका थिए ।

दलभित्र छलफल गरी केही सांसदहरूले दलको प्रस्ताव र सुझाव लिएर समितिमा प्रतिनिधित्व गर्दा प्रक्रिया चाँडो अघि बढ्ने उनीहरूको सुझाव छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro