site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
काफ्लेले मन्त्रालयसँग समन्वय नगरेकाले विदेश भ्रमण रद्द : मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक पारित गराउन उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिबाट पारित गराउन उच्च राजनीतिक तहसँग समन्वय गर्ने बताएका हुन् । समितिमा बिहीबारैदेखि उक्त विधेयकमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ ।

विधेयकमा एक हजार ५८३ संशोधन प्रस्ताव रहेको उनले उल्लेख गरे । त्यसमाथि छलफल गर्दा दुई वर्ष बित्न सक्ने भन्दै उनले उच्च राजनीतिक तहसँग समन्वय गरेर निर्देशन लिने बताए । उनले यो विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउन समितिसमक्ष आग्रह गरे ।

“...यसलाई छलफलमा लगियो भने यो छलफल नै वर्ष, दुई वर्ष जान्छ । हामी उच्च राजनीतिक तहमा समन्वय गर्छौँ,” उनले भने, “उहाँहरूको निर्देशन लिन्छौँ । र, छलफल गरेर अगाडि बढ्छौँ ।”

मन्त्री गुप्ताले बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको विदेश भ्रमण रोकेको भन्दै एक सांसदले प्रश्न गरेका थिए । प्रश्नको जवाफ दिँदै उनले काफ्लेले मन्त्रालयसँग समन्वय तथा सम्पर्क नगरेकाले बाध्य भएर भ्रमण रद्द गर्नुपरेको बताए । न्युज एजन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro